परेवा उडाएर जननी पाथिभरा माताको मन्दिर उदघाटन

–नारायण लिंखा देवान
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १४ स्थित पवित्र बागमती नदी किनार बल्खु बयोधा मार्ग स्थित जगत जननी पाथिभरा माताको मन्दिर उदघाटन भएको छ।

पाथिभरा माताको अनन्य भक्त श्रद्धेय माता पार्वती लिम्बुले विधिपूर्वक कार्य विनायक, पाथिभरामाता, अर्धनारेश्वर महादेव,रुद्रेश्वर महादेव,खोटाङ् हलेसी महादेव,नागनागिन,देवी–देवताको पूजाआराधना गरेर उदघाटन गरेकी हुन्।

पूजाआराधना पश्चात नव कुमारी कन्याहरुवाट टीका लगाएर माता पार्वती लिम्बुको पवित्र वाहुलीवाट परेवा उडाउने कार्य भएको थियो। कार्यक्रमको उदघाटन काठमाडौं महानगरपालिका वडा नंबर १४ की वडा अध्यक्ष शोभा सापकोटावाट भएको थियो। पाथिभरा मन्दिर परिसरमा कार्य विनायक,अर्ध नारेश्वर ,रुद्रेश्वर महादेव,खोटाङ् हलेसी महादेव,नाग–नागीन को समेत मन्दिर स्थापना गरिएको छ।

भित्र हवन कुण्ड (यज्ञ शाला) समेत निर्माण गरिएको छ। यस धार्मिक कार्यक्रममा साधुसन्त,स्थानिय टोलवासी,भक्तजनहरु को उल्लेखनिय उपस्थिती रहेको थियो।