नेप्से १७.६७ अंकले ओरालो लाग्यो, २ अर्ब ८५ करोडको कारोबार

काठमाडौं : साताको दोस्रो कारोबारका दिन सोमबार नेप्से ओरालो लागेको छ । दिनभर उताचढावका बीच बजार परिसूचक १७.६७ अंकले घटेर २१०६.१६ अंकमा बन्द भएको छ ।

गत साता मंगलबारदेखि शुक्रबारसम्म निरन्तर घटेको नेप्से यो आइतबार १० अंकले बढेर सोमबार पुनः आरालो लागेको हो ।

सोमबार ६५ लाख २७ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ७१ लाखको कारोबार भएको छ ।

आइतबार २ अर्ब ६७ करोडको कारोबार भएको थियो ।

सोमबार उत्पादनमुलक र सामूहिक लगानी कोष बाहेक सबै उपसूचक घटेको छ ।