एकैदिन कोरोनाबाट ८६८ जना संक्रमित, ३ जनाको मृत्‍यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ८६८ जना थप संक्रमित भएका छन् भने संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१४जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाको सक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *