नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडाैं : नेकपा एमालेको पार्टी सचिवालय बैठक आज बस्ने भएको छ ।
सचिवालयको बैठक पार्टी कार्यालय च्यासलमा अपरान्ह १२ बजे बस्न लागेको हो ।
सचिवालयले केन्द्रीय कमिटी बैठकको मिति तोक्ने उपमहासचिव विष्णु रिमालले बताए ।
उपमहासचिवका अनुसार आज बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
आजको बैठकमा एमालेको चुनावी रणनीतिबारे पनि छलफल हुने जनाइएको छ ।
