डा.उपाध्यायको चौधौं कृति ‘कसुर’ पाठक माझ

काठमाडौं : विश्व कीर्तिमानी गीतकार डा.डी.आर.उपाध्याय खनालले चौधौं कृति उपन्यास ‘कसुर’ सार्वजनिक गदै पाठक माझ ल्याएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक समारोहमा उक्त उपन्यास ‘कसुर’ सार्वजनिक गरेका हुन् ।

‘कसुर’ लाई लेखक तथा निर्देशक मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणी देवकोटा, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका उपाध्याक्ष वसन्त वित्यासी थापा, संगीतकार सन्तोष श्रेष्ठ, पुस्तकका सम्पादक कृष्ण भुसाल लगायतले संयुक्त सार्वजनिक गरे ।

लेखक डा.उपाध्यायले चौधौं कृतिका रुपमा उपन्यास पाठकमाझ ल्याउन पाउदा साहित्यिक फाँटमा एउटा इट्टा थपेर मलजल गरेको बताउदै उनले सार्वजनिक उपन्यासमा जनकपुरदेखि काठमाडौंका विभिन्न ठाउँ र चीनसम्मका स्थान र पात्रलाई समावेश गरिएको बताए ।

शिखा बुक्स बागबजारले प्रकाशन गरेको १७२ पृष्ठको उपन्यास ‘कसुर’ ३५ खण्डमा विभाजन गरिएको छ ।

डा.उपाध्यायले यस अघि एकसय दश विश्व रेकर्ड कायम गरिसकेका छन् ।

उपाध्यायका २८ एल्बमका साथै गीत र उपन्यासलगायतका पुस्तकहरु पाठकहरु माझ आइसकेका छन् ।