जापानमा एकै दिन दुई लाख ५० हजार कोरोना सङ्क्रमित, दुई सय ५१ को मृत्यु

एजेन्सी : जापानमा पछिल्लो समय कोरोना भाइरसको सङक्रमण बढ्दै गएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार कारोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ उच्च गतिमा फैलिएको बताइएको छ ।

गत अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् ।

अन्य प्रजातिहरुका तुलनामा यो उपप्रजाति दू्रत गतिमा फैलिने प्रकृतिको रहेको अधिकारीहरुले जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *