शेयर बजारमा ओरालाकोे यात्रा कायमै
काठमाडौं : शेयर बजार मंगलबार पनि ओरालो लागेको छ ।
आज शेयर कारोबारमा नेप्से परिसूचक २४.८३ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब शून्य छ मा ओर्लिएको छ । यस्तै सेन्सेटिभ परिसूचक तीन दशमलब ७५ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलब ३९ मा सीमित भएको छ ।
आज कूल दुई सय २१ कम्पनीको ६४ लाख छ हजार सात सय ३८ कित्ता शेयर रु दुई अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
मङ्गलबारको कारोबार रु २९ खर्ब १४ अर्ब ६८ करोड पाँच लाख ४३ हजार पाँच सय ३६ बराबर रहेको छ । कारोबारका आधारमा रिडी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ ।
