शेयर बजारमा उतारचढाव, झिनो अंकले घट्यो नेप्से

काठमाडौं : अघिल्लो दिन उच्च अंकले घटेको बजारमा आज समान्य अंकको उतारचढावका साथ ०.३६ अंकले घटेको छ ।

बुधबार नेप्से सूचक ०.३६ अंकले घटेर २०४०.७१ विन्दुमा रोकिएको छ । यस संगै सेन्सेटिभ इन्डेक्स ०.२८ अंकले बढेर ३९४.६७ अंक पुगेको छ ।

यस दिन कारोबार रकम पनि केहि खुम्चिएको छ । बुधबार १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर कारोबार भएको छ ।

बुधबार आइएपीओ जारी गरेर भर्खरै सूचीकृत भएका श्वेतगँगा हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र अपर सोलु हाइड्रोपावरको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स र दोर्दिखोला हाइड्रोपावको पनि सर्किट लेभलमा कारोबार भएको छ ।

यता सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ५.१४ प्रतिशतले घटेको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ६ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *