आज श्रीकृष्ण जन्माष्टी, देशभर मनाइदै

काठमाडौं : आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टी पर्व मनाइँदैछ ।
यस अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ । भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ भनिन्छ ।
यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र भगवान् श्रीकृष्णको आराधना गरी भजनकिर्तन गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने र भगवान् श्रीकृष्णका विभिन्न रूप दर्शाएको सचित्र बनाएर शहर परिक्रमा गर्ने प्रचलन रहिआएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको प्रसिद्ध कृष्ण मन्दिर, सिन्धुपाल्चोककाे चाैतारा, काभ्रेपलान्चोककाे दाप्चा, काठमाडौंकाे गाेठाटारलगायत मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि मेला लागेको छ साथै पाटन कृष्ण मन्दिरमा दर्शनका लागि राष्ट्रपति जाने चलन छ ।
Seen by Mohan Bastola at 10:28 AM
Enter
Write to Mohan Bastola

Leave a Reply

Your email address will not be published. Required fields are marked *