कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित, भोली दिउँसो १ बजे बस्ने

काठमाडौं : आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित हुने भएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित गर्न लागिएको हो ।

सचिवालयका अनुसार काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण सांसदहरू श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको हो ।

गए राति साढे ९ बजे काँग्रेस नेता गिरिको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *