न्यायालयविरुद्ध धम्किपूर्ण भाषण गरेको आरोपमा इमरान खानमाथि प्रहरीको अनुसन्धान शुरु
एजेन्सी : न्यायालयविरुद्ध धम्किपूर्ण भाषण गरेको आरोपमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रहरीले अनुसन्धान शुरू गरेको छ ।
न्यायालय र प्रहरीविरुद्ध धम्किपूर्ण भाषण गरेको आरोपमा खानमाथि प्रहरीले
अनुसन्धान थालिएको हो ।
गत शनिबार खानले आमसभामा इस्लामावादका प्रहरी प्रमुख र एक जना महिला न्यायाधीशमाथि आफ्ना सहयोगीलाई हिरासतमा राखेर यातना दिईएको भन्दै त्यसको परिणामका लागि पर्खेर बस्न चेतावनी दिएका थिए ।
खानलाई आतंकवाद विरोधी कानूनको उल्लंघन गरेको आरोप लगाएर छानविन थालेको हो । छानविनको खबरसँगै खानका समर्थकहरू उहाँको घर अगाडि भेला भएर पक्राउ गरिए सत्ता उल्टाइदिने चेतावनी दिएका छन् ।
चैतमा संसद बहुमत गुमाएर हटेलगत्तै खानले सेना र सरकारको कडा आलोचना गर्दै आएका छन । खानको पार्टीले आइतबार रावलपिण्डी र अन्य शहरहरूमा गर्ने भनिएको प्रदर्शन र सभामा सरकारले रोक लगाएका थियो ।
