अब सि–आश्वा शुल्क ५ रुपैयाँभन्दा बढीलिन नपाउने

काठमाडौं : नेपाल धितोपत्र बोर्डले सि–आश्वा शुल्क घटाउने भएको छ ।

आइतबार बसेको बोर्डको बैठकमा सो प्रस्ताव लगिएको छ । बोर्डको बैठकबाट परित भएपछि सि–आश्वा शुल्क अब ५ रुपैयाँभन्दा बढी शुल्क लिन पाइने छैन् ।

बोर्डका अध्यक्ष रमेश हमालले उक्त निर्णय चाँर्ड कार्यान्वयनमा ल्याउने बताए ।

५ रुपैयाँ शुल्कमा १ रुपैयाँ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकले पाउने छ भने १ रुपैयाँ सिडिएस एण्ड क्लियरिङले पाउनेछ । उनले अधिकतम शुल्क ५ रुपैयाँ तोकिएपनि सोभन्दा कम लिन सक्ने वा निःशुल्क पनि गर्न सकिने बताए ।

यस भन्दा अघि विभिन्न बैंकहरुले १० रुपैयाँदेखि १०० रुपैयाँ सम्म लिंदै आइरहेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *