साताको दोस्रो कारोबार पनि नेप्से ओरालोमै

काठमाडौं :साताको दोस्रो कारोबार दिन पनि नेप्से ओरालो लागेको छ ।

यस दिन नेप्से ७.३८ अंकले घटेर २०५३.१६ विन्दुमा झरेको छ । साथै सेन्सेटिभ इण्डेक्स १.४७ अंकले घटेको छ ।

अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२२ स्टकको ३१ हजार ७९५ पटकको कारोबारमा १ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ बराबरको ५२ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन कारोबार रकम पनि घटेको छ ।

यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *