श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आईपीओ निष्काशन गर्दै
काठमाडौ : श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो ।
लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्ने भएको छ ।
लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत कर्मचारीहरुका लागि र निष्काशन गर्न लागेको शेयरको ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६८ हजार ५९० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।
