गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
कैलाली : कैलालीमा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१ ०११प ३८१६ नंको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो भने मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
