पौडी खेल्ने क्रममा बेपत्ता भएका शिक्षक मृत फेला

कास्की : मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता भएका शिक्षक मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आउनुभएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेका हुन् ।

मृतकको दमौली अस्पतालमा शव परीक्षण गरी आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।