सुस्त गतिमा शेयर बजार, लिन सकेन गति
काठमाडाैं : बुधबार पनि शेयर बजारले गति लिन सकेन ।
केहि दिनदेखि सुस्त रहेको बजार आज पनि सुस्त गतिमै अगाडी बढ्यो ।
आज नेप्से २.८६ विन्दुले बढेर २०५७.८४ विन्दुमा रोकिएकोे छ भने सेन्सेटिभ इन्डेक्स ०.६० अंक बढेको छ ।
आज १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१७ रुपैयाँ बराबरको ३६ लाख ७९ हजार ७०५ रुपैयाँमा खरिदबिक्री भएको छ ।
बुधबार मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।
यता गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ ।