भारतका चर्चित कलाकार अमिताभ बच्चन पुन: कोरोना भाइरसबाट सङ्क्रमित
एजेन्सी : भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेख्नु भएको छ ।
उहाँले आफू अहिले पहिलो पटक सक्रङ्क्रमित भएको हैन भन्दै यसलाई स्वभाविक र सहज रुपमा लिएको उल्लेख गर्नुभएको छ ।
यसअघि उहाँ सन् २०२० को जुलाईमा पहिलो पटक सङ्क्रमित हुनु भएको थियो । त्यति बेला उहाँ झण्डै तीन हप्ता अस्पतालमै रहनु भएको थियो ।
