एमाले पोलिटब्युरो बैठक च्यासलमा बस्दै

ललितपुर : नेकपा (एमाले)को पोलिटब्युरो बैठक च्यासलस्थित पार्टी मुख्यालयमा बस्दै छ ।

बैठक आज बिहान ११ बजे बस्ने एमाले प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनुहुनेछ । भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

यही भदौ ७ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *