भाद्र कृष्ण त्रयोदशीका अवसरमा पञ्चदान

काठमाडौं आज भाद्र कृष्ण त्रयोदशीका अवसरमा बुद्ध धर्मावलम्वीहरुले पञ्चदान गरेका छन् ।

पञ्चदान हरेक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन नेपाल मण्डलमा बौध्द धर्मावलम्वीहरुले मानिने एक महत्वपूर्ण पर्व हो ।

पञ्चदानका दिन बहा, बही अनि चैत्यहरुमा दान दिने गरिन्छ ।

यस दिन स्वयम्भूका बुध्दाचार्यहरुलाई भिक्षु सरह मानेर दान दिने चलन पनि रहेकाे छ ।

दान  आध्यात्मिक पध्दतिको सुरुवात बिन्दु हो । दानको प्रकृति स्थुल हुने भएतापनि यसको प्रभाव भने दुरगामी हुन्छ ।

बौध्द परम्परामा हरेक सत्व प्राणीमा “बुध्दत्वको बीज“ (प्राविधिक शब्दावलीमा तथागत गर्भ भनिन्छ) हुन्छ । त्यसकारण अभ्यास गरेर जो कोही पनि बुध्द बन्न सक्दछ भन्ने मान्यता रहेको छ । बुद्ध बन्न षडपारमिता पुरा गर्नु पर्दछ । ती हुन् दान, शील, शान्ति, वीर्य, ध्यान र प्रज्ञा ।

पञ्चदान पर्व यही षडपारमितामा दानको अभ्यास गर्ने दिन हो ।