अध्यक्ष ओलीले पेश गरे  राजनीतिक प्रतिवेदन( पूर्णपाठसहित)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको केन्द्रीय कमिटी बैठकमा उहाँले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

अध्यक्ष ओलीले बैठकमा मंसिर चार गतेको चुनाव निष्पक्ष गर्नको लागि सरकारलाई दबाब सिर्जना गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले विगतमा सरकारमा रहँदा गरेका राम्रा काम र भावी योजना लिएर जनतामा जाने बताउनुभयो ।

ओलीले उपयुक्त उम्मेदवार छनोट गरेर चुनावमा जानुपर्ने बताउदै त्यहीअनुसार जुट्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभयो ।

साथै पार्टी केन्द्रीय सदस्यमा मनोनित हुनुभएका जीवन गौतम, बृजेशकुमार गुप्ता, धर्मदत्त देवकोटा र अमृत राजवंशीलेले अध्यक्ष ओलीको हातबाट शपथ ग्रहण गर्नुभएको छ