तिजका लागि खटिए दुई हजार बढी सुरक्षाकर्मी

काठमाडौं : तिजको सुरक्षाका लागि मंगलबार दुई हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।

तिजको दिन पशुपतिलगायत विभिन्न मन्दिर परिसरमा भिड हुने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका एसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंमा मंगलबार एक हजार महिला प्रहरी र एक हजार चार सय पुरूष प्रहरी गरि दुई हजार चार सय प्रहरी खटिएका छन् ।

यस्तै प्रहरीले सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको छ । प्रहरीका अनुसार एम्बुलेन्स तथा चिकित्सकीय टोली पनि तैनाथ राखिएको छ ।

परिसरले पाकेटमारी तथा गरगहना चोरी हुन सक्ने भन्दै सचेत हुन पनि आग्रह गरेको छ ।