भदौ १८ गते ‘मिसेस् नेपाल पिस’ आयोजना हुने

काठमाडौं यहि भदौ १८ गते शनिबार ‘मिसेस् नेपाल पिस २०२२’ आयोजना हुने भएको छ ।

हिंसारहित समाजको निर्माण नभईकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ यही विषयलाई मुख्य थिम बनाएर युहान इन्टरनेसनल इभेन्ट्सले सोमबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला गरिएको जानकारी दिएको छ ।

महिला विरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले आयोजना हुन लागेको हो ।

मिसेस् नेपाल पिस’ जुनै उमेर समुहका विवाहित, डिभोर्सीलगायत महिलाले सहभागीता जनाउन सक्नेछन् । कुनै तौल, उचाईंको मापदण्ड पनि नभएको आयोजकले जनाएको छ ।

विवाहित नारीहरुको माध्यमबाट महिला विरुद्ध हुने हरेक खालको हिंसाबारे महिलाहरुलाई जागरुक बनाउँदै त्यस विरुद्ध महिलालाई सशक्त रुपमा प्रस्तुत हुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण प्रतियोगीताले गर्ने आयोजको बिश्वास रहेको छ ।

एमी इन्टरटेन्मेन्ट र जिभा इन्कोर्परेटेडको ब्यानरमा आयोजना हुने यस प्रतियोगितालाई युहान इन्टरनेसनल इभेन्ट्सले व्यवस्थापन गर्नेछ । प्रतियोगिताको ब्रान्ड एम्बेसेडरका रुपमा अभिनेत्री ऋचा शर्माको आवद्धतता रहेको छ भने कार्यक्रमको कोरियोग्राफरका रुपमा संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्य रहेका छन् ।

विवाहित महिलाहरुमा लक्षित मिसेस् नेपाल पिसको पहिलो संस्करणको अडिसन राउन्ड यही भदौ १८ गते शनिबारका दिन जमलस्थित राष्ट्रिय नाचघरमा तोकिएको छ ।