६ लाख बढी मतदाता भएको काठमाडौँमा यस्तो छ एमालेको लेखाजोखा, केहीमा चुनौती कतै सहज
काठमाडौँ । संघ र प्रदेशको निर्वाचन आगामी मंसिर–४ का लागि घोषणा भएसँगै मुलुकभरी नै चुनावी चहलपहल व्यापक बन्न थालेको छ । उम्मेदवार बन्न र चुनावी मैदानमा होमिनका लागि विस्तारै उम्मेदवारका आकांक्षीहरु जनतासँग नजिक हुने र चुनाव लक्षित गतिविधिमा आफूलाई केन्द्रित गर्न थालेका छन् । विगतका निर्वाचनका तुलनामा यो पटक स्वतन्त्र व्यक्तिहरुको उम्मेदवार बन्ने रहर बढी देखिएकाले पनि विगतका वर्षको भन्दा यो पटकको निर्वाचन निकै रोमाञ्चक हुने आँकलन हुन थालेको छ । छोटो समयको प्रचार–प्रसारमा मतदाताको ध्यान केन्द्रित गरेर फ्याट्ट निर्वाचन जितिहाल्ने खतरा समेत बढी भएकाले पनि यो पटक ठूला पार्टीका उम्मेदवारहरुलाई विगतको अनुभव र विकास निर्माणमा आफूले गरेको कामले मात्रै नभई आक्रमक चुनावी प्रचार गर्नुपर्ने चुनौती थपिएको छ । स्थानीय तहको निर्वाचनमा लामो राजनीतिक पृष्ठभूमि नभएका र केही महिना मुख्य गरेर सामाजिक सञ्जालमा आक्रमक प्रचार गरेकै भरमा केही स्वतन्त्र व्यक्तिहरुले बाजी मारेपछि स्वतन्त्र बनेर उम्मेदवार बन्नेहरुको मोह ह्वात्तै बढेको छ । यद्यपि, स्थानीय तहको निर्वाचनमा तामझामको प्रचार गरेर निर्वाचन जितेका स्वतन्त्र उम्मेदवारले आशा लाग्दो काम केही गर्न नसकेका कारण संघ र प्रदेशको निर्वाचनमा स्वतन्त्रहरुले त्यति धेरै धमाका गर्लान भन्ने अपेक्षा त छैन । तर, निर्वाचनको कुनै भर नहुने भएकाले त्यति सजिलो पनि आँक्न नहुने भएकाले ठूला राजनीतिक दलहरुलाई पनि केही चुनौति भने अवश्य देखिएको छ ।
मैत्री न्युजले मुलुकभरीकै उम्मेदवारका आकांक्षी, उनीहरुले टिकट पाउने सम्भावना र जित सुनिश्चितताका केही पाटोलाई केलाएर विश्लेषण गर्ने जमर्को गरेको छ । ७७ जिल्ला मध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौँ संघीय राजधानी पनि हो । यो जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छ । अहिलेसम्मको अवस्थालाई हेर्दा मुलुकभरी नै काँग्रेस, माओवादीलगायतको गठबन्धनसँग नेकपा (एमाले) एक्लै प्रतिस्पर्धा गर्दैछ । अघिल्लो संघ र प्रदेशको निर्वाचनलाई हेर्ने हो भने काठमाडौँमा जितको संख्यालाई आधार मान्दा एमाले पहिलो शक्तिको रुपमा देखिएको छ । १० मध्ये संघमा ६ क्षेत्रमा एमाले एक्लैले जितेको थियो । यद्यपि, त्यतिबेला जितेका दुई सांसद माधवकुमार नेपाल र जीवनराम श्रेष्ठ अहिले एमालेमा हुनुहुन्न । उहाँहरु नेकपा एकीकृत समाजवादीसँग आवद्ध हुनुहुन्छ । उहाँहरु आवद्ध दल अहिले गठबन्धन बनाएरै निर्वाचनमा जाने पक्षमा छ । काँठमाडौँमा निकै कमजोर शक्तिका रुपमा रहेको माओवादी पनि गठबन्धनसँगै रहने निश्चित जस्तै छ । यद्यपि, काठमाडौंमा तेस्रो शक्तिका रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने गठबन्धनमा सहभागी हुने संभावना अहिलेसम्म देखिएको छैन । उक्त शक्ति एमालेसँग मिल्ने संभावनालाई पनि अहिले नै नकारी हाल्ने अवस्था भने छैन ।
यो जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छ । अहिलेसम्मको अवस्थालाई हेर्दा मुलुकभरी नै काँग्रेस, माओवादीलगायतको गठबन्धनसँग नेकपा (एमाले) एक्लै प्रतिस्पर्धा गर्दैछ । अघिल्लो संघ र प्रदेशको निर्वाचनलाई हेर्ने हो भने काठमाडौँमा जितको संख्यालाई आधार मान्दा एमाले पहिलो शक्तिको रुपमा देखिएको छ । १० मध्ये संघमा ६ क्षेत्रमा एमाले एक्लैले जितेको थियो
६ लाख ३७ हजार ७ सय ७५ मतदाता रहेको काठमाडौँमा स्थानीय तह निर्वाचनको परिणामलाई मात्रै मूल्याङ्कन गरेर निर्वाचन क्षेत्रको तथ्याङ्क हेर्दा एमाले काठमाडौंका क्षेत्र नम्बर २, ४, ५ र ९ मा अघि छ । तर, जिल्लाभरीबाट वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने एमाले र काँग्रेसको मतान्तर त्यति धेरै छैन । काँग्रेसका वडाध्यक्षहरुले जिल्लाभर १ लाख ५७ हजार ३४२ मत प्राप्त गर्दा एमालेले १ लाख ५३ हजार ९१२ मत छ भने तेस्रो स्थानमा रहेको राप्रपाको २६ हजार ९ सय १५ मत छ । नेकपा एस र माओवादी राप्रपा भन्दा पनि कमजोर अवस्थामा रहेका छन् । अर्थात स्थानीय तहको निर्वाचनको तथ्याङ्कलाई आधार मान्दा एससँग २१ हजार ६२४ मत र माओवादी केन्द्रसँग १६ हजार छ । यस आधारले पनि काठमाडौँमा कमजोर शक्तिका रुपमा रहेका एस र माओवादीलाई काँग्रेसले गठबन्धनका नाममा सिट दिएर निर्वाचनमा भाग लिदाँ काँग्रेसमै असन्तुष्टि बढ्ने र मत यताउता हुने संभावना पनि जिवित छ । त्यस्तो अवस्थामा पनि फाइदा एमालेलाई नै हुने देखिन्छ ।
मुलुकको सबै भन्दा शक्तिशाली जिल्ला काठमाडौँमा एमालेले कस्ता व्यक्तिलाई टिकट देला भन्ने कुराले पनि धेरै कुराको निर्धारण गर्ने देखिएको छ । एमालेले भर्खरै मात्रै निर्वाचन केन्द्रित गरेर स्थायी, पोलिट्व्युरो र केन्द्रीय कमिटीको बैठक राखेर छलफलको प्रारम्भ गरेको छ भने आज काठमाडौँका १० वटै निर्वाचन क्षेत्रका क्षेत्रीय निर्वाचन परिचालन समितिका बैठकले पनि विभिन्न उम्मेदवारको नाम सिफारिसको तयारी गरेको छ । त्यसले पनि को–को उम्मेदवार बन्लान भन्ने एक प्रकारको संकेत अवश्य गर्ने छ । स्थानीय तहको निर्वाचनबाट समेत सामान्य पाठ सिक्दै मतदाताको घर–दैलोमा पुगेर काम गरेका, मतदाताले विश्वास गर्ने, पार्टीप्रति वफदार र केही निर्वाचन क्षेत्रहरुमा नयाँ अनुहारलाई पनि डेब्यु गराउने अपेक्षा भने गर्न सकिने देखिन्छ । केही निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोरिने पक्का छ भने केही निर्वाचन क्षेत्रमा नयाँ अनुहारसँगै युवाले टिकट पाउने आँकलन छ । पार्टीले अन्तिममा कसलाई टिकट दिन्छ त्यो त अहिले नै ठ्याक्कै भन्ने अवस्था छैन । तर, धेरैको आँलन, विश्लेषण र पार्टीलाई जितका लागि सहज हुने अवस्थालालाई समेत आधार मान्ने हो भने संभावित उम्मेदवारहरुको यसरी लेखाजोखा गर्न सकिन्छ ।
काठमाडौँ क्षेत्र नम्बर–१
अहिलेसम्मको अवस्थालाई हेर्दा काठमाडौँको निर्वाचन क्षेत्र नम्बर–१ बाट केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, शर्मिला कार्की, काठमाडौं महानगरपालिकाका पूर्वउपमेयर विदुर मैनालीलगायतको चर्चा चलेको छ । गैर सरकारी संस्था महासंघ नेपालकी पूर्व अध्यक्ष कार्की अधिकारकर्मी नेताका रुपमा पनि परिचय बनाएकी व्यक्ति हुनुहुन्छ । उहाँ अहिले एमालेका सक्रिय हुनुहुन्छ । मैनाली पनि पुराना र निष्ठावान नेताका रुपमा परिचित हुनुहुन्छ । यो क्षेत्रमा काठमाडौँ वडा ३१, १० र ११ पर्दछन् । २०७४ को निर्वाचनमा यो क्षेत्रबाट नेपाली काँग्रेसका प्रकाशमानसिंह विजयी हुनुभएको थियो ।
काठमाडौँ क्षेत्र नम्बर–२
काठमाडौँ क्षेत्र नम्बर–२ एमालेको लागि ऐतिहासिक ठाउँ पनि हो । यहि क्षेत्रबाट २०४८ सालमा मदन भण्डारीले कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नुभएको थियो भने यहि क्षेत्रबाट हालको राष्ट्रपति विद्यादेवी भण्डारीले पनि निर्वाचन जित्नु भएको थियो । २०७५ सालको निर्वाचनमा यो क्षेत्रबाट तत्कालिन एमालेका माधवकुमार नेपाल २७३६६ मतसहित विजयी हुनुभएको थियो । काँग्रेसका दिपकप्रसाद कुइँकेलले १४९०३ मत मात्रै प्राप्त गर्नुभएको थियो । अहिले यो निर्वाचन क्षेत्रमा नेकपा एसको मत निकै नाजुक अवस्थामा छ । यो क्षेत्रबाट मदन पुत्री उषाकिरण भण्डारीको पनि चर्चा चलेको छ । यद्यपि, उहाँले आफ्नो कुनै चाहना नभएको भन्दै प्रतिक्रिया दिनुभएको छ ।
बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले फेरि प्रदेशमै चुनाव लड्ने अभिरुचि राखेका कारण यो क्षेत्रमा उहाँ बाहेक मणिराम फुयाल, पुराना नेता बुद्धभक्त चित्रकार र शंखरापुरका पूर्वमेयर सुवर्ण श्रेष्ठको पनि दाबी रहने देखिएको छ । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा पनि रौतहटसहित माधव नेपाल यो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँले दुई मध्ये एक निर्वाचन क्षेत्र रोज्दा रौटहट रोजेपछि एमालेले यो निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा कृष्णगोपाल श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । तर, उहाँले जित निकाल्न सक्नुभएन । यो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरका वडा–९ र ३२ पर्दछन् भने कागेश्वरी मनहरा र शंखरापुर नगरपालिका पनि यहि क्षेत्रमा पर्छ । शंखरापुर अहिले राप्रपाले जितेको छ ।
काठमाडौँ क्षेत्र नम्बर–३
काठमाडौँको निर्वाचन क्षेत्र नम्बर–३ मा पछिल्लो समय नेकपा (एमाले)ले लगातार जित्दै आएको क्षेत्र हो । यो निर्वाचन क्षेत्रमा २०७४ सालको निर्वाचनमा पनि एमालेकै कृष्ण राईले जित हाँसिल गर्नुभएको थियो । उहाँले १९१७९ मत ल्याएर विजयी हात पार्दा काँग्रेसकी अम्बिका बस्नेतले १४८८४ मत ल्याउनु भएको थियो । यो क्षेत्रमा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका यही क्षेत्रका सांसद राईनै दोहोरिने सम्भावना बढी छ । राई भन्दा अघि त्यही क्षेत्रबाट निर्वाचन जित्नुभएका रामेश्वर फुयाल प्रदेश सांसद हुनुहुन्छ । उहाँले यो पटक पनि प्रदेशमै उम्मेदवार बन्ने इच्छा देखाएपछि राई दोस्रोपटक पनि उम्मेदवार बन्ने सम्भावना बढी छ । यो क्षेत्र एमालेको प्रभावशाली क्षेत्र भएकाले पनि यहाँ जितका लागि सहज हुने एमालेको आँकलन छ ।
काठमाडौँ क्षेत्र नम्बर–४
यो क्षेत्रमा नेकपा (एमाले))को स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई नै उम्मेदवार बन्ने सम्भावना बढी छ । उहाँ अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका गगन थापासँग पराजित हुनुभएको थियो । उहाँले १८१४० मत ल्याउँदा थापाले २१५५८ मत ल्याउनु भएको थियो । उहाँ त्यस क्षेत्रबाट पराजित भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा उहाँले प्रधानमन्त्रीको सल्लाहकारका रुपमा काम गर्दा त्यो क्षेत्रको विकास निर्माणमा प्रभावकारी काम गरेका कारण यो पटक जित सहज हुने अनुमान गरिएको छ । यो क्षेत्रमा भट्टराईको यो पटक पनि थापासँगै प्रतिस्पर्धा हुने निश्चित जस्तै छ । भट्टराईले टिकट पाउने पाउने अवस्थामा निर्मल कुइँकेल, रमा राई, विदुरविक्रम खड्कालगायतका नेता को दाबी प्रदेशमा मात्रै रहने संभावना बढी छ । एमालेको बलियो पकड क्षेत्र रहेको यो निर्वाचन क्षेत्रमा स्थानीय चुनावका आधारमा पनि एमाले पहिलो शक्ति हो ।
काठमाडौँ क्षेत्र नम्बर–५
स्थानीय तहको निर्वाचनलाई आधार मान्दा यो क्षेत्रमा एमाले पहिलो शक्तिका रुपमा देखिएको छ । संघको अघिल्लो निर्वाचनमा पनि यहि क्षेत्रबाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचन जित्नु भएको थियो । उहाँले यो क्षेत्रबाट २३ हजार २९ मत ल्याएर विजयी हुँदा काँग्रेसका प्रकाशसरण महतले १३१६९ मतमा चित्त बुझाउनु परेको थियो । नरहरी आचार्य विरामी हुनु अघिस यो क्षेत्रबाट आचार्यले जित निकाल्नु भएको थियो । यो क्षेत्रबाट अहिले पनि गठबन्धनबाट को उठाउन भन्ने निश्चित नभएको र एमालेबाट पोखरेलको विकल्प नभएकाले जितका लागि थप सहज हुने अनुमान गरिएको छ । जनमतको हिसाबले पनि एमाले फराकिलो मतसहित पहिलो स्थानमा रहनुले पनि यो क्षेत्र पोखरेलका लागि थप सहज हुने अनुमान गरिएको छ । यो क्षेत्रमा काठमाडौँ महानगरका वडाहरु–२,३,४, ५ सँगै टोखा र बढानिलकण्ठ नगरपालिकाका पनि पर्छन् ।
यो क्षेत्रबाटै अघिल्लो प्रदेशसभामा चुनावमा जित हात पारेका केन्द्रीय सदस्य नारायण सिलवाल र जिल्ला अध्यक्ष दीपक निरौलाले समेत संघमा दाबी नगर्ने र प्रदेशमै लड्ने चाह राखेपछि पोखरेलका लागि थप सहज भएको हो ।
काठमाडौँ क्षेत्र नम्बर–६
काठमाडौँको निर्वाचन क्षेत्र नम्बर–६ यसअघिका निर्वाचनमा लगातार काँग्रेसका भिमसेनदास प्रधानले जित्दै आएको क्षेत्र हो । अघिल्लो निर्वाचनमा पनि प्रधान १६७८५ मतसहित विजयी हुनुहुभएको थियो । नेकपा एमालेको सहित समर्थनमा उम्मेदवार बन्नुभएका झक्कुप्रसाद सुवेदीले १५४८५ मत ल्याउनु भएको थियो । यहि निर्वाचन क्षेत्रबाट एमालेका नेता योगेश भट्टराईले पनि दुई पटक प्रधानसँगै पराजित हुनु परेको थियो । यो पटक यो क्षेत्रबाट काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यको बढी संभावना रहेको छ । अघिल्लो पटकयहि क्षेत्रबाट प्रदेश सांसद बन्नुभएका केशव स्थापित केही महिना अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँको मेयर पदको उम्मेदवार बन्नुभएको थियो । उहाँ त्यो निर्वाचनमा पराजित भएपछि तत्कालै उम्मेदवार बन्ने मनस्थितिमा नरहेको स्रोतको भनाई छ । उहाँ त्यस्तै अर्का प्रदेश सांसद योगेन्द्र संग्रौला पनि स्वास्थ्यका कारण यो पटक निर्वाचनमा उम्मेदवार बन्ने संभावना कम रहेका कारण यो क्षेत्रबाट शाक्यको बढी संभावना रहेको छ । पटक–पटक जितेर पनि राम्रो काम गर्न नसकेपछि मतदाताबिचको लोकप्रियता घटाउँदै जानु भएका प्रधानसँग प्रतिष्पर्धा गर्ने र उहाँलाई पराजित गर्ने उम्मेदवारका रुपमा एमालेले शाक्यलाई नै अघि बढाउने संभावन बढी देखिएको छ । भित्री सहरका वडाहरु–२६,२७, २८ पनि यहि निर्वाचन क्षेत्रमा पर्ने भएकाले पनि शाक्यलाई निर्वाचन जित्न सहज हुने अनुमान गरिएको छ । यो निर्वाचन क्षेत्रमा ताराकेश्वर र टोखा नगरपालिकाका पनि केही वडाहरु पर्दछन् । यद्यपि, महिला नेतृ कल्पना रिजाललगायतको पनि यो क्षेत्रमा दाबी रहेको छ ।
काठमाडौँ क्षेत्र नम्बर–७
अहिलेसम्मको अवस्था हेर्दा काठमाडौँ क्षेत्र नम्बर–७ मा वडाध्यक्ष हुँदै यहि क्षेत्रमा राम्रो प्रभाव पारेर विगतका दुई निर्वाचनमा यहि क्षेत्रमा एमालेलाई जिताउन सफल रामविर मानन्धरकै संभावना बलियो देखिएको छ । यो क्षेत्रबाट अघिल्लो निर्वाचनमा मानन्धर १८१०२ मतसहित विजयी हुनुभएको थियो । अघिल्लो निर्वाचनमा काँग्रेसले राप्रपासँग गठबन्धन गरेर विक्रमबहादुर थापालाई यो क्षेत्रमा उम्मेदवार बनाउँदा पनि उहाँले १००७९ मत मात्रै ल्याउनु भएको थियो । त्यसकारण पनि यो क्षेत्रमा एमालेको जितको संभावना बलियो देखिएको छ । मानन्धरलाई स्थानीय तहको निर्वाचनमा केवश स्थापितलाई असहयोग गरेको आरोप पनि छ । त्यसो त आफ्नै वडा–१६ मा पनि काँग्रेसका उम्मेदवारलाई जिताउन लागेको पनि उहाँलाई आरोप छ । यद्यपि, पार्टीले अहिलेसम्मको अवस्थामा उहाँको विकल्प नै भने तयार पारिनसकेको बुझिएको छ । यो निर्वाचन क्षेत्रमा प्रदेश सांसदका लागि प्रकाश श्रेष्ठ र लक्ष्मी तुलाधरको चर्चा छ । उहाँहरु दुबैले संघमा दाबी गर्नुभएको छैन । यो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा एसका बसन्त मानन्धरलाई उम्मेदवार बनाउने संभावना रहेको देखिन्छ । उहाँ प्रदेश सांसद हुनुहुन्छ ।
अघिल्लो पटकयहि क्षेत्रबाट प्रदेश सांसद बन्नुभएका केशव स्थापित केही महिना अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँको मेयर पदको उम्मेदवार बन्नुभएको थियो । उहाँ त्यो निर्वाचनमा पराजित भएपछि तत्कालै उम्मेदवार बन्ने मनस्थितिमा नरहेको स्रोतको भनाई छ ।
काठमाडौँ क्षेत्र नम्बर–८
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमालेका तर्फबाट जीवनराम श्रेष्ठ विजयी हुनुभएको थियो । उहाँले १३३९७ मत ल्याएर विजयी हुँदा काँग्रसेका नविन्द्रराज जोशीले १२९५३ मत प्राप्त गर्नुभएको थियो । जोशीको निर्वाचनपछि देहावसान भैसकेको छ । श्रेष्ठ अहिले नेकपा एसमा हुनुहुन्छ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि यहि क्षेत्रको हुनुहुन्छ । तर, उहाँले यो पटक समानुपातिकमा बस्ने इच्छा गरेपछि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–८ मा एमाले स्थायी कमिटी सदस्य कृष्णगोपल श्रेष्ठलाई उम्मेदवार बनाउने संभावना बढी छ । श्रेष्ठ अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर–९ बाट विजयी हुनुभएको थियो । उहाँले ९ बाट २०५६, ०६४, ०७० र ०७१ गरी चार पटक हारेको इतिहाँस छ । लगातारको चार हारपछि पाँचौँ पटक क्षेत्र नम्बर–९ बाट जित्नु भएका श्रेष्ठलाई निर्वाचन क्षेत्र सार्नै पर्ने दबाब छ । त्यसैले उहाँलाई यो पटक ८ बाट उम्मेदवार बनाउने संभावना बढी छ । अर्का प्रदेश सांसद राजेश शाक्य अहिले काठमाडौँ जिल्ला कमिटीको सचिव समेत हुनुहुन्छ । उहाँ यो पटक पनि (क) प्रदेश सांसदकै उम्मेदवार बन्ने संभावना देखिएको छ । उहाँसँगै प्रदेश सांसदका लागि (ख) शिवसुन्दर वैद्य, लक्ष्मण शाही र शंकर केसीको पनि चर्चा छ । वैद्य निवर्तमान जिल्ला समन्वय समिति सभापति हुनुहुन्छ ।
काठमाडौँ क्षेत्र नम्बर–९
काठमाडौँ क्षेत्र नम्बर–९ मा डाक्टर अजयक्रान्ति शाक्यको संभावना बलियो बनेको छ । उहाँ अहिले यहि क्षेत्रबाट प्रदेश सांसद हुनुहुन्छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारीमा रहेर छोटो समय काम गर्दा पनि उहाँले प्रभावकारी काम गर्नुभएको छ । उहाँले मन्त्री नियुक्त भएसँगै एक वर्षका योजना ५० दिनमा पूरा गर्ने उद्घोष गर्नुभएको थियो । नभन्दै उहाँ ४९ दिन मत्रै मन्त्री हुनुभयो । तर, त्यो छोटो अवधिमा उहाँले प्रभावकारी काम गरेर थप लोकप्रिय बन्नुभयो । तीन वटा विषयमा स्नातकोत्तर र विद्यावारिधी समेत गर्नुभएका शाक्यले केपी शर्मा ओली प्रधानमन्त्री हुँदाको पहिलो कार्यकालमा विज्ञान, प्रविधि, सांस्कृतिक, सामाजिक सल्लाहकारका रुपमा काम गर्नुभएको थियो । वौद्धिक र समन्वयकारी भूमिका खेल्न सक्ने शाक्यले सांसद हुँदा आफ्नो क्षेत्रमा भौतिक पूर्वाधारसँगै सांस्कृति सम्पदाको निर्माण–पुर्ननिमाणमा प्रभावकारी योगदान गरेको जस जान्छ । उहाँले अमूर्त सम्पदाको संरक्षण प्रवर्दनमा पनि उल्लेख्य काम गर्नुभएका कारण पनि उहाँको उम्मेदवारीलाई स्वाभाविक रुपमा लिइएको छ । यो क्षेत्रमा अघिल्लो पटक २२८५२ मत ल्याएर एमाले विजयी भएको थियो । यो क्षेत्रबाट काँग्रेसका ध्यानगोविन्द रंजित १४८०२ मत ल्याउनु भएको थियो । यो क्षेत्रबाट प्रदेश सांसद बन्नुभएको (ख) केशव पोखरेलले यो पटक पनि प्रदेशमै बस्ने चाहना राख्नुभएको छ । उहाँसँगै (क) हरिकृष्ण डंगोल, सानुराजा शाक्य र राजेन्द्र श्रेष्ठ, ओम थपलियाको पनि प्रदेश सांसदमा चर्चा छ ।
काठमाडौँ क्षेत्र नम्बर–९ मा डाक्टर अजयक्रान्ति शाक्यको संभावना बलियो बनेको छ । उहाँ अहिले यहि क्षेत्रबाट प्रदेश सांसद हुनुहुन्छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारीमा रहेर छोटो समय काम गर्दा पनि उहाँले प्रभावकारी काम गर्नुभएको छ ।
काठमाडौँ क्षेत्र नम्बर–१०
काठमाडौँ क्षेत्र नम्बर–१० मा अघिल्लो निर्वाचनमा नेकपा एमालेको सहित समर्थनमा उम्मेदवार बन्नुभएका हितमान शाक्यले २१९०७ मत ल्याउनु भएको थियो । काँग्रेसका उम्मेदवार राजन केसीले भने यहि क्षेत्रबाट पछिल्लो समय लगातार चुनाव जित्दै आउनु भएको छ । यो पटक प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट सुरेन्द्र मानन्धर प्रमुख दावेदार देखिनु भएको छ । उहाँ २०७० को निर्वाचनमा पनि एमालेबाट उम्मेदवार बन्नुभएको थियो । उहाँसँगै चुनाव लडेर प्रचण्डले जित्दा उहाँ दोस्रो बन्नुभएको थियो । उहाँसँगै यो क्षेत्रबाट कीर्तिपुरका पूर्वमेयर रमेश महर्जन, गुञ्जमानसिंह बस्नेतलगायतको पनि चर्चा छ ।