अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

काभ्रेपलाञ्चोक : पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित हुनुभएको छ । प्रत्यासी दुइजनालाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

बुधबार काभ्रेपलाञ्चोकको बनेपामा सम्पन्न मतदानमा पाँच सय ८२ व्यवसायीले मतदान गरेका थिए । अध्यक्षमा निर्वाचित क्षेत्रीले दुई सय ९७ मत प्राप्त गर्दा गौतमले एक सय २६ र महतले एक सय १८ मत प्राप्त गर्नुभएको थियो ।

अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लामा यातायात सेवा सञ्चालन गर्दै आएको छ । सरकारले सार्वजनिक यातायातलाई कम्पनी मातहत लैजाने निर्णय गरेपछि अरनिको यातायात सेवा समिति पूर्व अरनिको यातायात प्रालिका रूपमा सञ्चालन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *