भारतीय सेनाध्यक्ष पाण्डे आज नेपाल आउँदैं
काठमाडौं : भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे आज नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाँच दिने नेपाल भ्रमणका लागि आज अपरान्ह नेपाल आउन लागेका हुन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ । उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल गरेपछि भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
