खप्तड लघुवित्तको आईपीओ बाँडफाँट , १२ हजार ३४० जनाले पाए
काठमाडौं : खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमबार बाँडफाँट भएको छ । आईपीओ आज बिहान बाँडफाँट भएको हो ।
लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।
लघुवित्तले जारी पूँजीको ०.५ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर सर्वसाधारणको लागि वितरण गरिएको हो ।
लघुवित्तको आईपीओमा १८ लाख ८३ हजार ११८ आवेदन परेको क्यापिटलले जनाएको छ । जसमध्ये १७ लाख ८४ हजार ६२५ जनाको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदनमध्ये गोलाप्रथा गर्दा १२ हजार ३४० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो ।