‘लाखे आजु’को फष्टलुक पोस्टर सार्वजनिक

काठमाडौं : नेपाल भाषामा बनेको फिल्म ‘लाखे आजु’को फष्टलुक पोस्टर सार्वजनिक भएको छ ।

इन्द्रजात्राको अवसर पारेर निर्माण युनिटले फिल्मको पोष्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा लाखे र फिल्मका मुख्य कलाकार सोहित मानन्धर र आशिस्मा नकर्मी छन् ।

बिके फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म को गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, आशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठ फिल्मका निर्माता हुन् ।

नेपाल भाषाको पौराणिक कथा उठान गरेको फिल्ममा मदनदास श्रेष्ठ, सविन शाक्य, नगीना जोशी, गणेश राम लाछी, राजेन्द्रमान शाक्य, अन्नपुर्णेश्वरी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा बरिष्ठ हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठले विशेष भुमिकामा अभिनय गरेका छन् ।