जुम्लामा तेस्रो स्याउ महोत्सव हुने

जुम्ला : स्याउलाई बजारीकरण गर्नका लागि जुम्लामा तेस्रो स्याउ महोत्सव हुने भएको छ ।
यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्थानीय कान्जिरोवा टाईम्स मासिक पत्रिककाको आयोजनामा स्याउ महोत्सव हुने भएको हो ।
महोत्सवमार्फत जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिने उद्देश्य रहेको छ ।
महोत्सवमा स्थानीय पन्चेबाजा, डुड्के नाच र स्थानीय कलाकारसमेतको प्रस्तुती रहने छ । जुम्ली लोकल जातका स्याउको बजार प्रवद्र्धन, स्याउमा किसानको आर्कषण बढाउन र स्याउबाट उत्पादन हुने विभिन्न परिकार बिक्रीका लागि महोत्सवमा राखिने भएको हाे ।
यस वर्ष राष्ट्रिय कलाकार, स्थानीय पन्चेबाजा, डुड्के नाच सहित स्थानीय झाँक्रीसहित महोत्सव लगाउने तयारी गरेको आयोजकले जनाएको छ ।
महोत्सवमा जुम्लाका सबै किसानलाई आफूले उत्पादन गरेका स्याउ र स्याउबाट बनाइएका परिकारसमेत ल्याएर आउन अनुरोध गरिएको र कृषि विज्ञले स्याउको स्वाद, गुणस्तर र साइज परीक्षण गर्ने रहेको छ ।
उत्कृष्ट हुने किसानलाई पुरस्कृत गरिने छ । स्याउबाट बन्ने ब्राण्डी, जाम जेलि वाइनको बजारीकरण हुनेछ ।
यसवर्ष जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएकोे कृषि विकास कार्यालयले जनाएको छ ।