सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले बढ्यो

काठमाडौं, ७ मङ्सिर । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार हजार ८०० रुपैयाँले बढेर दुई लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ । आइतबार तीन हजार ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तीन हजार ११० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *