प्रविधिमैत्री एमाले अध्यक्ष ओलीले ५७ सेकेण्डको भिडियोमार्फत दिन खोजेको सन्देश (भिडियोसहित)
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी सरकारमा गएपछि एमालेले गर्ने कामको मसिनोगरी कार्यतालिका बनाएर कार्यान्वयन गर्नेगरी तयारीमा लागेको भन्दै सबैसँग सुझाव र साथको अपेक्षा गरेको भन्दै एउटा भिडियो सार्वजनिक गर्नुभएको छ ।
केपी शर्मा ओली पेजबाट सेयर गरेको भिडियोले एकातिर उहाँ समकालिन नेताहरुका तुलनामा बढी प्रविधिमैत्री हुनुहुन्छ भन्ने संकेत गरेको छ भने अर्कोतिर उहाँको सक्रियताको पनि संकेत गरेको छ ।
उहाँले एउटा भिडिओ सन्देश जारी गरेको चार घण्टामै २ लाख २० हजार बढीले हेरेका छन् । त्यो भिडियो मार्फत उहाँले सामाजिक सञ्जाल हेरेर बसिरहनु भएको सबैलाई स्वागत भन्दै कृषि क्षेत्रमा अघि सार्नुपर्ने नीति तथा योजनाहरूका सम्बन्धमा सुझाव मागेको उल्लेख गर्नुभएको छ । उ
हाँले सुझाव मागेअनुसार आफूलाई धेरै सुझावहरू प्राप्त भएको भन्दै धन्यवादज्ञापन गर्नुभएको छ । उहाँले अबका दिनमा अरु क्षेत्रमा पनि आफूले सुझाव माग्ने भिडियोमा उल्लेख गर्नुभएको छ । उहाँ कम्प्युटरको अघि बसेर फेसबुकमा कमेन्टहरू नियालिरहेको देखिन्छ । ५७ सेकेण्डको भिडिओमा उहाँले भन्नुभएको छ– ‘मलाई आफ्ना महत्वपूर्ण विचार र दृष्टिकोणहरु दिएर सहयोग पुर्याउनु हुनेछ भन्ने विश्वास लिएको छु । हामी सम्पर्क र संवादमा रहिरहनेछौं ।’
