ली र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबिच भेट

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली चांग्शुको प्रतिनिधि मण्डललाई संघीय संसद, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसद भवन वानेश्वरमा स्वागत गर्नुभएको छ ।

संघीय संसद भवन बानेश्वरमा भएको दुई पक्षीय वार्तामा राष्ट्रियसभाको प्रतिनिधि मण्डलको तर्फबाट सभामुखले नेतृतव गर्नुभएको थियो भने चिनियाँ पक्षबाट राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चांग्शुको नेतृत्वमा प्रतिनिधि मण्डल सहभागी भएको थियो ।

नेपालको तर्फबाट १८ सदस्यीय प्रतिनिधि मण्डलमा देवेन्द्र दाहाल, गोपी बहादुर सार्की अछामी, रमेशजंग रायमाझी, डा. वेदुराम भुषाल, प्रमिला कुमारी, शेखर कुमार सिंह, तुल प्रसाद विश्वकर्मा, डा. विमला राई पौड्याल, खिमलाल देवकोटा, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल, परराष्ट्र सचिव लगायतका पदाधिकारी सहभागीको सभागिता रहेको राष्ट्रियसभाका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

उक्त अवसरमा दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशको विचमा भएका सरसहयोग र घनिष्ठ सम्बन्धको चर्चा भएको थियो । आगामी दिनमा आपसी हितका विषयमा काम गर्ने, संसदीय सहयोग आदान प्रदान गर्ने र उच्च स्तरीय भ्रमण गर्ने विषयमा छलफल भएको थियो ।

राष्ट्रिय सभाका सम्माननीय अध्यक्षले विगतका उच्चस्तरीय भ्रमण र दुवै पक्षवीच भएका समजदारीहरुको स्मरण गर्नुहुँदै दुई देशको सम्बन्ध सदियौं देखि हिमाल जस्तै अटल र नदी जस्तै निर्मल रहेको र चिन नेपालको महत्वपूर्ण विकास साझेदार रहेकोले नेपालको सम्वृद्धिमा पुर्याएको योगदानका लागि धन्यवाद दिनुभएको थियो । उहाँले एक चीन नीतिको पक्षमा रहेको र सुरक्षा चासोमा नेपाल प्रतिबद्द रहेको जनाउनु भएको थियो ।

विगतमा भएको बेल्ट एण्ड रोड इनिसियटिभ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुङ–काठमाडौ) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीहरुले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजनाहरु पुनःसंचालन तथा चाडवाडको समयमा बन्द रहेका तातोपानी, केरुङ, कोराला लगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न अध्यक्षले अनुरोध गर्नु भएको थियो । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षले समर्थन गर्दै छिट्टै पुरा गर्ने आश्वाशन दिनु भएको थियो ।

दुई पक्षीय वार्ता करिब एक घण्टा चलेको थियो । आपसी छलफलको अन्तमा नेपालको संसद्को विकास तथा आपसी सहयोग आदान प्रदान सम्बन्धमा निरन्तर अघि बढ्ने कुरामा दुवै तर्फबाट प्रतिवद्दता व्यक्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *