निगम द्वारा पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न निर्देशन

काठमाडौं : नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ ढुवानीमा कुनै पनि अवरोध नगर्न निर्देशन दिएको छ ।

निरन्तर पेट्रोलियम पदार्थ ढुवानी बन्द गरे निगमले कानुन अनुसार व्यवसायीलाई कारबाही गर्ने बताएको हो ।

नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघ भदौ २९ गतेदेखि अमलेखगञ्ज डिपोबाट अन्य डिपोमा नलाने तथा असोज १ गतेबाट राज्यभरका सबै डिपोमा लोड तथा अनलोड नगर्ने भनेर विज्ञप्ति निकालेको थियाे ।

ढुवानी व्यवसायीले २० प्रतिशत ढुवानी भाडा वृद्धि गर्नुपर्ने मागराखी इन्धन ढुवानी बन्द गर्न लागेका हुन् ।

व्यवसायीले सार्वजनिक गरिएको अवरोधका कार्यक्रमहरू प्रति निगमको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *