सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो

काठमाडौं : सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता सेयर सार्वजनिक निष्कासमा मार्फत बिक्री खुल्ला गरेको छ ।

जसमध्ये ३ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाखसम्म कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिममा रहेको जनाउँछ ।

कास्कीको मादी गाँउपालिकामा कम्पनीले १३ मेगावाट क्षमताको मद्क्यु खोला जलविद्युत आयोजना निर्माण गरी १९ चैत २०७४ देखि विद्युत् उत्पादन गरिरहेको छ ।