नर्भिकले शनिबार निःशुल्क स्वास्थ्य शिविर गर्ने

काठमाडौं : काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले शनिबार वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
कमलपोखरीस्थित अग्रवाल भवनमा अस्पतालले असोज १ गते शनिबारका दिन निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।
उक्त शिविर शनिबार बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने भएको छ ।
अस्पतालका अनुसार शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन, इसीजी, सुगर, भाइटल्स लगायतका निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ ।
वृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहने इच्छुक व्यक्तिका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरिएको छ ।