विहीबार नेप्सेमा उच्च गिरावट

काठमाडौं : दुई दिन लगातार वृद्धि भएको सेयर बजार बिहीबार भने उच्च गिरावट भएको छ ।
बिहीबार बजार परिसूचक नेप्से ५७ अंक को गिरावट हुँदा १९२४.४८ अंकमा झरेको हो ।
बुधबार ४७.४४ अंकको वृद्धि भएर १९८१.४८ अंकसम्म पुगेको थियो ।
बिहीबार नेप्सेमा ५९ लाख ४० हजार ५९६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १२ करोड ५६ लाख ५६ हजारको कारोबार भएको छ ।
जसमध्ये लक्ष्मी बैंकको सर्वाधिक २१ करोड ५० लाख ३३ हजारको कारोबार भएको छ ।
बिहीबार बजारमा कुल १८८ कम्पनीको सेयर कारोबार हुँदा १८६ कम्पनीको सेयरमूल्य गिरावट भएको छ ।