चौथोपटक पनि घटेर आयाे इन्धनको मूल्य: नेपालमा भने घट्छ, घट्दैन?
काठमाडौंः आज नेपाल आयल निगममा भारतबाट इन्धनको मूल्य घटेर आएको छ ।
शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगम स्रोतले बताएको हो ।
घटेर आएको मूल्यमा डिजेल प्रतिलिटर ४४ पैसा, पेट्रोल ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धन एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ ।
नयाँ मूल्यपछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमले बताइएको छ ।
यो समेत चौथोपटक भारतबाट लगातार इन्धनको मूल्य घटेर आएको हो ।