सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन तोलामा २८ सय रुपैयाँ सस्तियो

काठमाडौँ, ६ मङ्सिर। नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ। यस दिन सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला तीन हजार ६५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला दिनमा नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य निरन्तर घटिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *