जिल्ला र क्षेत्रमा सबैजना चुनावको तयारीमा लाग्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)ले प्रतिनिधिसभाको कार्यकाल सकिने अघिल्लो दिन संसदीय दलको दलको बिदाई बैठक राखेको छ ।

संसदीय दलका नेता केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा ओलीले सांसदहरूलाई धन्यवाद दिनुभएको थियो । बैठकमा संसद्को यस अवधिको समीक्षा गरिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

ओलीले सदनमा सांसदहरुले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै जिल्ला र क्षेत्रमा सबैजना चुनावको तयारीमा लाग्न निर्देशन दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *