नाइजेरियामा सडक दुर्घटना, उन्नाइस जनाको मृत्यु

एजेन्सी : नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । नाइजेरियन अधिकारीहरुका अनुसार राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो ।

दुर्घटनामा परेर सात जना सख्त घाइते भएका छन् । राजधानी अबुजाको यान्जी ग्वालादा सडकमा सो दुर्घटना भएको हो । सडक विभागका अनुसार बस र ट्रक एक आपसमा जुधेर उक्त्त दुर्घटना भएको हो ।

यहाँ बेपर्वाहसँग सवारी हाँक्ने, सडकको अवस्था पनि कमजोर रहेको र यहाँका सवारी साधनहरुले क्षमता भन्दा पनि बढी मात्रामा भारी बोक्ने गरेकाले समय समयमा सडक दुर्घटना हुने गरेको अधिकारीहरुले जनाएका छन् ।