पहिलो टी-२० मा भारत विरुद्ध अष्ट्रेलियाको सान्दार जित

काठमाडाैं : पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियाले भारतलाई चार विकेटले हराएकाे छ।

जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाहुना टोली अष्ट्रेलियाले १९.२ ओभरमा ६ विकेट गुमाउँदै सान्दार जित निकालेकाे हाे ।

अष्ट्रेलियालाई जिताउन युवा अलराउन्डर क्यामरन ग्रिन र विकेटकिपर म्याथ्यु वेडले उत्कृष्ट ब्याटिङ गरे। ग्रिनले ३० बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रन बनाउँदा म्याथ्यु वेडले २१ बलमा ६ चौका र २ छक्कासहित ४५ रनमा अविजित रहे ।

अष्ट्रेलियालाई जितको लागि अन्तिम १८ बलमा ४० रन चाहिएको थियो। १८ औं ओभरमा हर्षल पटेलले २२ रन खर्चिएपछि भारतको सम्भावना टाढिएको थियो।

यो जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ। अब दोस्रो शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ।