युमीन बनिन् ‘मिसेस नेपाल कल्चर २०२२’की बिजेता
काठमाडौं, ९ असोज । ‘मिसेस नेपाल कल्चर २०२२’ को उपाधि युमीन खत्रीले जितेकी छन् । ३७ प्रतियोगीलाई पछि पार्दै उनले शिर्ष उपाधि चुमेकी हुन् ।
शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगीतामा शुभेक्षा ढकाल राणा फष्ट रनरअप, ज्योती दीक्षित सेकेन्ड रनरअप, सुस्मिता भण्डारी थर्ड रनरअप र मञ्जु पाठक फोर्थ रनरअप भए ।
युहान इन्टरनेसनल इभेन्ट्सले विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइलाई विस्तारित रुपमा समाज सामू ल्याएर उनीहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पुर्याउने उदश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतियोगीतामा पब्लिक च्वाइस नीशा तिमल्सिना, पब्लिक च्वाइस रनरअप गीता भट्ट, भ्युवर्स च्वाइस मञ्जु पाठक, भ्युवर्स च्वाइस रनरअप नीशा आचार्य, मिस ट्यालेन्ट सुभेक्षा ढकाल, म्यानेजमेन्ट च्वाइस नुरा ढुंगाना, मिसेन बेस्ट पर्सनालिटी मनिषा थापा, बेष्ट ड्रेस सुष्मिता भण्डारी, बेष्ठ वाक सुजना शाही, मिसेस् फोटोजेनिक गंगा अधिकारी, बेस्ट स्माइल सुस्मिता भण्डारी, मिसेस् कञ्जिनालिटी जयन्ती यादव, मिसेस कन्फिडेन्ट अनिता तण्डुकार, मोस्ट इन्टेलिजेन्ट युमिन खत्री, मोस्ट एक्टिभ काजल लोहियाले हात पारे ।
प्रतियोगीतामा प्रथम मिस नेपाल रुबी राणालाई सम्मानार्थ ‘मिसेस् नेपाल कल्चर’को उपाधि प्रदान गरिएको थियो ।
संगीता रौनियार, गजित विष्ट, नानी थापा, प्रशान्त ताम्राकार, लक्ष्मी भण्डारी निर्णायक रहेको प्रतियोगीताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।
प्रतियोगीता साँस्कृतिक मुल्य, मान्यता, मौलिक परिचयको महत्वलाई सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य रहेको आयोजक सञ्जिता श्रेष्ठले बताइन् ।
प्रतियोगीताका विजेताले शिर्ष उपाधिका साथमा दुई लाख बराबरको उपहारको अलवा विभिन्न अवसर समेत प्राप्त गरेका छन् ।