सात दसकको ऐतिहासिक कथा बाेकेकाे चलचित्र नम्बरी सुनको गीत रेकर्डिङ
काठमाडाैं,१२ असाेज । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुनलागेको चलचित्र`नम्बरी सुन´को पहिलो गीत रेकर्डिङ गरिएको छ ।
लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीत रहेकाे गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ । चलचित्रका अन्य गीत प्रमोद खरेल लगायत अन्य गायक,गायिकाहरुको स्वरमा रेकर्डिङ हुनेछन् ।
झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन खाेजिएको छ ।
लमजुङको भुज्रुङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा चलचित्रको छायाङ्कन गरिने छ ।
नारायण खाती प्रस्तुतकर्ता, निर्माता रहेको चलचित्रको कथा, गीत पनि उनकै रहेकाेछ ।
अन्तर्राष्ट्रिय बजारलाई हेरेर छायाङ्कन गर्न लागिएको चलचित्र `नम्बरी सुन´को निर्देशन राजुु गिरिले गर्ने छन् । चलचित्रको मुहर्तपछि कलाकारको जानकारी गराइने भए पनि पुराना र नयाँ कलाकारको मिश्रण रहनेछन् ।