जनमोर्चासँग हारेका कांग्रेस नेता पोखरेलको घोषणा– ‘प्युठानमा जनमोर्चालाई मत माग्दिन’

प्युठान, १४ असोज। गृहजिल्ला प्युठानमा टिकट दावी गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.गोविन्दराज पोखरेल यसपाली प्रतिनिधिसभाको दौडबाट बाहिरिनु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवालाई मनाएर आफू गठबन्धनको साझा उम्मेद्वार बन्ने नेता पोखरेलको धोको थियो । तर, लामो समयको प्रयासमा पनि सफल हुन सक्नुभएन। प्युठानबाट राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललाई उम्मेदवार बनाउनेगरी गठबन्धनमा सहमति भइसकेकाले उम्मेदवार बनेर चुनाब लड्ने पोखरेलको सपना चकनाचुर भएको हो।

पोखरेललाई कांग्रेसभित्र पनि टिकट पाउनुपर्ने चर्को दवाव थियो । शेखर कोइराला पक्षका पोखरेललाई प्यूठानमा देउवा पक्षको समेत साथ छैन । सामाजिक सञ्जालमार्फत पोखरेलले आफू रुख चिन्ह लिएर उम्मेदवार भई प्यूठान आउने सम्भावना माथि प्रश्न चिन्ह लागेको उल्लेख गर्नुले पनि उहाँको टिकट पाउने सम्भावना सकिएको भन्ने बुझिन्छ । यद्यपि, औपचारिक समाचार नआउँदासम्म सम्भावना कायमै रहेको भने उहाँले प्रतिक्रिया दिनुभएको छ ।

पोखरेलले ०७४ मा ३१ हजार २ सय ८६ र तत्कालीन बामगठवन्धनबाट पौडेलले ४७ हजार ५ सय १४ मत पाउनु भएको थियो । यसअघि जिल्लाका कांग्रेस नेताहरूले जिल्लामा राजमो चौथो दल भएकाले नेतृत्व आफैले पाउनुपर्ने निर्णय केन्द्रीय समितिलाई पठाइसकेका छन्

पोखरेलले गठवन्धनबाट राष्ट्रिय जनमोर्चाले टिकट पाए आफूले रुख चिन्हमा मात्र मत माग्ने उहाँले बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत उहाँले प्यूठानी जनताका बीच रुख चिन्हमा पार्टी र पार्टीको उम्मेदवारलाई मात्र मत माग्न आउने लेख्नु भएको छ । उहाँले राजमो र त्यसको चुनाव चिन्ह गिलासमा भोट नमाग्ने बताउनु भएको छ । ‘मलाई प्यूठानमा संघीय उम्मेदवार हुनुहोस् भन्ने धेरै शुभेच्छुक र साथीहरुको प्रस्तावमा म पार्टीको केन्द्रीय सदस्य भएकोले गम्भीर छु’, उहाँले लेख्नुभएको छ,’ ‘तर प्रस्तावलाई सकरात्मकरुपले लिएर उपायहरु खोज्दै छु । यस बीचमा केही नयाँ परिदृष्यको विकास भएमा अवश्य जानकारी गराउने छु ।’

पोखरेल ०७४ सालको निर्वाचनमा राजमोकी दुर्गा पौडेलसँग नै पराजित हुनुभएको थियो । पोखरेलले ०७४ मा ३१ हजार २ सय ८६ र तत्कालीन बामगठवन्धनबाट पौडेलले ४७ हजार ५ सय १४ मत पाउनु भएको थियो । यसअघि जिल्लाका कांग्रेस नेताहरूले जिल्लामा राजमो चौथो दल भएकाले नेतृत्व आफैले पाउनुपर्ने निर्णय केन्द्रीय समितिलाई पठाइसकेका छन् ।