दशैंको टीका लगाउन मामाघर जाँदै गरेका एमालेका वडा सचिव चौधरीको कारको ठक्करबाट मृत्यु
बुटवल, २० असोज। एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ की वडा सचिव झरना चौधरीको ठक्करबाट मृत्यु भएकाे छ ।
रुपन्देहीमा कारले स्कुटरलाई ठक्कर दिंदा २१ वर्षीया चौधरीको मृत्यु भएको हाे । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको जनाएकाे छ ।
लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् । कारको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि भीम अस्पताल लग्दा लग्दै मृत्यु भएकाे थियाे ।
अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले बताए ।
