कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

काठमाडौं, २४ असोज । कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएका छन् ।

आइतबार तिला नदीकाे किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरु मध्य
१३ जना बेपत्ता भएकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गाउँका अन्य घरहरु पनि पहिरोको जोखिममा परेकाले केही स्थानीयवासी कालिका माविमा आश्रय लिएर बसेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

मौसम सुधार भएपछि हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गर्ने तयारी पनि गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *