कमलपोखरी पुनर्निर्माणमा गगनका बहुरुप

कहिले पुनर्निर्माणमा अवरोध, कहिले अरुलाई धन्यबाद, कहिले आफ्नै पहलमा भन्दै भ्रम सिर्जना (तथ्य के हो पढ्नुहोस्)

काठमाडौं, २९ असोज । काठमाडौं क्षेत्र नं. ४ का गठबन्धनका तर्फका उम्मेदवार बन्नुभएका गगनकुमार थापाले ‘काठमाडौं क्षेत्र नं. ४ मा गगनकुमार थापाको पहलमा निर्माण भएका पूर्वाधारहरु’ भनेर ४३ सेकेण्डको भिडियो आफ्नो आधिकारिक पेजबाट सार्वजनिक गरेपछि आलोचना भएको छ । त्यो भिडियोका अन्य विषयबस्तु भन्दा पनि थपाले त्यो भिडियोमा कमलपोखरीलाई आफ्नो पहलमा निर्माण भएका पूर्वाधारहरु भनेर उल्लेख गरेका बारेमा बढी आलोचना भएको छ ।

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा. राजन भट्टराईले त आफ्ना प्रतिस्पर्धी थापाले एमालेले गरेका विकासका कामलाई आफूले गरेको भनेर भ्रम छर्न खोजेको भन्दै कडा रुपमा त्यसको खण्डन गर्नुभएको छ । भट्टराईले काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई चाबहिल मित्रपार्कमा सम्बोधन गर्दै भन्नुभयो ‘गगन थापा भिडिओहरु बनाएर कमलपोखरी मैले बनाएको भन्दै हुनुहँदो रहेछ । कमल पोखरी बनाउनु हुन्न भनेर तत्कालीन मेयर विद्यासुन्दर शाक्यलाई चिठी लेख्ने तपाईँ होइन,’ उहाँले प्रश्न गर्नुभएको छ, ‘उहाँले लेखेको त्यो चिठी अहिले पनि हामीसँग छ । आज विद्यासुन्दर नेतृत्वको महानगरले बनाएको कमलपोखरीको भिडिओ राखेर मैले बनाएको भन्न लाज लाग्दैन ?’

थापाले मेरो पहलमा बनेको भनेको कमलपोखरीबारे थोरै चर्चा गरौँ

पछिल्लो समय राजनीतिक दलहरुमा विकास निर्माणका कामको जस लिनु पर्यो भने मैले गरेको भन्ने र अपजस लिनु पर्यो भने अरुका थाप्लामा हाल्ने रोगले गाँज्ने गरेको छ । कमलपोखरी पनि त्यसैको एउटा नमूना हो भन्दा अतियुक्ति नहोला ।

कुनै समय केपी शर्मा ओली देशको प्रधानमन्त्री हुँदा नारायण वाग्लेलगायतका नेताहरुले कमलपोखरीमा निकै ठूलो राजनीति गर्नुभयो । यतिसम्म कि बालुवाटार घेर्न जाने भनेर कमलपोखरीमा सम्पदा मासेको भन्दै त्यहाँको टिका लगाएर मिडियाबाजी गर्ने हर्कतसमेत गर्नुभयो । त्यति मात्रै होइन नागरिक अभियानका नाममा कमलपोखरीमा कहिले अभियान्ता बोलाएर अन्तवार्ता दिन लगाउने त कहिले कंक्रिट प्रयोग गरेर सम्पदा मासेको भन्दै धर्ना दिनसम्मका काम भए ।

यतिसम्म कि बालुवाटार घेर्न जाने भनेर कमलपोखरीमा सम्पदा मासेको भन्दै त्यहाँको टिका लगाएर मिडियाबाजी गर्ने हर्कतसमेत गर्नुभयो । त्यति मात्रै होइन नागरिक अभियानका नाममा कमलपोखरीमा कहिले अभियान्ता बोलाएर अन्तवार्ता दिन लगाउने त कहिले कंक्रिट प्रयोग गरेर सम्पदा मासेको भन्दै धर्ना दिनसम्मका काम भए

थापा पनि अभियन्तासँगै बहकिएपछि…

वाग्लेहरुका त अलग कुरा भए । नेपाली कांग्रेसका तत्कालीन सभासद थापाले समेत अभियन्ता र वाग्लेहरुको लहैलहैमा लागेर कमलपोखरीको पुनर्निमाण तत्काल रोक्न माग गर्दै ०७७ पुस २९ गते काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलाई पत्र लेख्नुभयो । उक्त पत्रमा थापाले शाक्यलाई कमलपोखरी पुनर्निर्माणको काम रोक्न आग्रह गर्नुभएको थियो । सम्पदा अभियन्ताका नाममा केहीले कमलपोखरी पुनर्निर्माणको क्रममा मौलिकता मास्ने काम भएको र कङ्क्रिट प्रयोग गरिएको भन्दै अनावशयक विरोध झिकेपछि थापाले उनीहरुको लहैलहैमा लागेर शाक्यलाई पत्र पठाउनु भएको थियो ।

कंक्रिट प्रयोग शाक्य होइन थापाकै पालामा भएको थियो

अझ गज्जब तथ्य पनि उल्लेख गरौँ है त । काठमाडौँ महानगरपालिकामा मेयर निर्वाचित भएर आएपछि विद्यासुन्दर शाक्यको पहलमा ‘ड्रिम प्रोजेक्ट’ को रूपमा कमलपोखरीको पुनर्निर्माणको काम अघि बढेको हो । त्यस अघि थापाले ‘सांसद् विकास कोष’ र अन्य स्रोतबाट पनि कमलपोखरी पुर्ननिर्माणका नाममा खर्च गर्दै आउनु भएको थियो । तर, अहिलेको जस्तो भब्य र सुन्दर कमलपोखरी बनाउने योजना गगनले कहिल्यै अघि सार्नुभएको थिएन । त्यहाँ उहाँकै पालामा ढुंगाको पर्खाल लगाउनेलगायतका काम भएका थिए । तर, कमलपोखरी ढलपोखरी भन्दा माथि उठ्न सकेको थिएन ।

त्यसपछि ०७५ मंसिर १८ मा कमल पोखरी निर्माणका लागि काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको प्रस्तावित ढाँचामाथि आयोजित छलफलमा तत्कालिन माननीयका हैसियतमा थापालाई थापाथलीस्थित आयोगको कार्यालयमा बोलाइयो

मौलिक र सम्पदामैत्री पोखरी कमलपोखरी बनाउने महानगरको ‘ड्रिम प्रोजेक्ट’ मा गगनको साथ

शाक्य निर्वाचित भएर काठमाडौँ महानगरपालिकामा आएपछि उहाँकै पहलमा महानगरले कमलपोखरीलाई थप मौलिक र सम्पदामैत्री पोखरी बनाउने भनेर गुरुयोजना बनायो र ढाँचा तयार पनि भयो । त्यसपछि ०७५ मंसिर १८ मा कमल पोखरी निर्माणका लागि काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको प्रस्तावित ढाँचामाथि आयोजित छलफलमा तत्कालिन माननीयका हैसियतमा थापालाई थापाथलीस्थित आयोगको कार्यालयमा बोलाइयो ।

२३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुपबारे तत्कालिन मेयर शाक्यले निम्ता गरेपछि कार्यालय दलबलसहित पुग्नु भएका थापाले मेयर शाक्यलाई धन्यवाद दिदैँ भन्नुभएको थियो– ‘म निर्वाचित भएको क्षेत्रमा महानगरपालिकाले राम्रो योजना ल्याएको छ । यो योजना सफल बनाउन लागि पर्छु । नगर प्रमुखलाई सबै भन्दा पहिला धन्यवाद । ’ उहाँले त्यहि छलफल कार्यक्रममा थप उत्साहित हुँदै भन्नुभएको थियो– ‘निकै मेहनतका साथ काम गर्नुभएको रहेछ। मलाई एकदम मन पर्यो। हामी महानगरपालिकासँग मिलेर काम गर्न तयार छौं। अर्को छठसम्ममा काम सम्पन्न गर्नेगरी योजनालाई अघि बढाऔं।’

उद्घाटनमा गगन अनुपस्थित

२०७६ असार १९ गते मेयर शाक्यले शिलान्यास गर्नुभएको कमलपोखरी ०७८ चैत २ मा काठमाडौँ महानगरपालिकाका तत्कालिन प्रमुख शाक्यबाटै उद्घाटन भयो । करीब ६ करोड ३६ लाख ५९ हजार लागतमा निर्माण सम्पन्न भएको कमलपोखरी उद्घाटन गर्दा थापाको उपस्थिति देखिएन । उद्घाटनमा भट्टराई उपस्थित हुनुहुनुथ्यो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा सुन्दर कमलपोखरी बनेको भन्दै खुशी व्यक्त गर्नुभएको थियो। बरु उद्घाटन कार्यक्रममा तत्कालिन उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको भने उपस्थिति रहेको थियो ।

०७८ चैत २ गते साँझमा समयदेखि बेवारिस बनेको कमलपोखरी उद्घाटन गर्दै प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । त्यति मात्रै होइन त्यहि कार्यक्रममा तत्कालिन मेयर शाक्यले नेपाली कांग्रेसका महामन्त्री थापासँग समेत पटक–पटक छलफल गरेर कमलपोखरी पुनर्निर्माणको काम अघि बढाएको भए पनि बिचमा पुनर्निर्माणको काममा उहाँबाटै अवरोध भएको भन्दै दुःख व्यक्त गर्नुभएको थियो ।

‘हामीले यो क्षेत्रका जनप्रतिनिधिसँगै माननीय गगनकुमार थापासँग पनि धेरै पटक छलफल गरेर समवन्य गर्दै काम अघि बढाएका थियौँ,’ शाक्यले भन्नुभएको थियो, ‘बिचमा उहाँहरु दिग्भ्रमित हुुनुभयो । केही युवाले यो कमलपोखरी होइन कंक्रिटको पोखरी हो भन्दै भ्रममा पनि पार्ने काम गरे ।’ शाक्यले पछि महानगरपालिकाले सम्झाएपछि काम अघि बढेको पनि उल्लेख गर्नुभएको थियो । यी तथ्यले पनि प्रष्ट हुन्छ ।

कमलपोखरी तत्कालिन मेयर शाक्यको पहलमा भएको हो । तर, थापा जस्तो आशा लाग्दो युवाले अरुले गरेका कामलाई जस दिनुको साटो भ्रम फैलाउने काम गर्दा त्यसको नकरात्मक असर पर्ला कि ?