७६१ जनामा डेंगु संक्रमण, ५१ जनाकाे मृत्यु

काठमाडौं, ३ कार्तिक । नेपालमा डेंगुको संक्रमण अझै नियन्त्रणमा आउन सकेकाे छैन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ सय ६१ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ भने योसँगै देशभर संक्रमितको संख्या ४२ हजार ५०४ पुगेको छ ।

मन्त्रालयका अनुसार डेंगुबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म यसबाट ५१ जनाले ज्यान गुमाइसकेका छन् ।

गत साउन महिनादेखि शुरु भएको डेंगुको प्रकोप अहिले ७७ वटै जिल्लामा फैलिसकेको मन्त्रालयले जनाएकाे छ ।