राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा १२ वर्षे देवीनाच अवलोकन
काठमाडौं, १२ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले हनुमानढोकास्थित नासल चोक डबलीमा आयोजित १२ वर्षे देवीनाच पर्व अवलोकन गर्नुभएको छ ।
नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सहभागी हुनुभएको हो ।
कार्यक्रममा उहाँले पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गर्नुभएको थियो ।
