राजु गुरुङको उम्मेदवारी सर्वोचबाट पनि खारेजी हुनुको यस्तो छ कारण

काठमाडौँ, ४ कात्तिक । रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश पनि खारेज गरेको छ । सर्वोच्च अदालतले कानूनद्धारा तोकिएको कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता राजु गुरुङमा कायम रहेको देखिएकाले उम्मेदवार हुन नपाउने ठहर गरेको हो ।

गुरुङले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले सो निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यो आदेशपछि गुरुङले आफ्नो उम्मेदवारी कायमै रहेको भन्दै चुनावी प्रचारमा सक्रिय बनेका थिए । शुक्रवार दुवै पक्षको बहसपछि न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानूनविपरीत देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने भएपछि बैंकिङ कसुरमा जरिवना गरेकोले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर भएका छन् ।

गुरुङलाई अदालतले बैंकिङ कसुरमा २ हजार रुपैया जरिवाना गरेको र उक्त जरिवाना सहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको थियो । गुरुङ सहित नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाख खनालका छोरा निर्भिक चित्रकार खनाल सहितका नाममा रहेको कम्पनीले काठमाडौँको सुर्य बिनायकको वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एण्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जीत बिष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरु बिरुद्ध २०७६ साल साउन ६ गते मुद्धा दर्ता गरेका थिए।

काठमाडौँ जिल्ला अदालतले नर्थ वेस्ट नेपाल ईन्फ्रा प्रालिका अध्यक्ष गुरुङ र सन्चालक निर्भिक चित्रकार खनाल, फुर्वा छिरीङ सेर्पा, सन्जिप राई र सक्तीमान डंगोल समेतले दिएको चेक अनादर सम्वन्धी मुद्धामा २०७८ मंसिर १२ गते उनीहरु माथी जरिवाना गर्ने फैसला गरेको थियो।

गुरुङ लगायतलाई जनही २ हजार जरिवना र २ करोड २५ लाख रुपैयाको चेक काटिएको मिति देखि २०७६ साउन ६ गते सम्मको सयकडा १० प्रतिसतका दरले कानून बमोजिमको ब्याज सहित भुक्तानी दिनु पर्ने फैसला गरेको थियो।

गुरुङहरुको उक्त कम्पनीले २०७३ साल फागुन २० गते २५ लाख, फागुन ३० गते २५ लाख चैत्र १५ गते २४ लाख, चैत्र ३० गते ५४ लाख, २०७४ बैसाख १५ गते २५ लाख, बैसाख ३० गते ३० लाख, जेठ १५ गते ३५ लाख रुपैया गरी ७ वटा चेक दिएकोमा बैंकमा प्रयाप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरु बिरुद्ध उजुरी परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *